यसैगरी युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।
काठमाडाैं । साताको तेस्रो दिन सेयर बजार ४४.१६ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ अंकमा पुगेको हो ।
आज १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सयको सेयर कारोबार भएको छ । २ सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर आज खरिदबिक्री भएको हो ।
नेप्से परिसूचक बढ्दा करिब आधा दर्जन कम्पनीहरुको सेयर मुल्य सर्किट लेभलमा कारोबार भएको छ ।
सबैभन्दा धेरै बढ्ने पहिलो नम्बरमा ङ्यादी ग्रुप, दोस्रो नम्बरमा बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।