एउटा वडामा मतगणना गर्न १२ घण्टा 

मुगु ।  मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११ः३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो ।

तर, १२ घण्टा बितिसक्दा पनि १४ वडाको मतगणना सम्पन्न हुन सकेको छैन । राति २ बजे बाट सुरु भएको मतगणना हालसम्म ५९९ मत मात्र गणना भएको छ भने अझै २६८ मतगणना गर्न  बाँकी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.