सेनेटरी प्याडमा लगाएको कर हटाउन अनेरास्ववियूकाे सरकारलाई गरे माग

काठमाडौं। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले सेनेटरी प्याडमा लगाएको कर तत्काल खारेज गर्न सरकारसंग माग गरेको छ । शुक्रबार अनिरास्ववियूले एक विज्ञप्ति जारी गर्दै महिलाको संवेनशीलताप्रति विभेद भएको भन्दै आक्रोस व्यक्त गरेको हो ।

सरकारले लगाएको १० प्रतिशत कर शुल्क र १३ प्रतिशत भ्याटप्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।अनेरास्ववियूले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्न आग्र गरेको छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.