सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

काठमाडौं । डडेलधुरा परशुराम नगरपालिका १० की १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

असोज ५ गते राति घरनजिकै १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही नगरपालिका १० का २३ वर्षीय रामसिह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका ५का जगदीश धामी पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार सामूहिक बलात्कार गरी भागेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.