ठगी कार्यमा संलग्न भएको आरोपमा पादरी पक्राउ

काठमाडौं । ठगी कार्यमा संलग्न भएको आरोपमा प्रहरीले क्रिस्चियन धर्मगुरु पादरीलाई पक्राउ गरेको छ । पक्राउ परेका पादरी भारतको सिलगुढीस्थित पानीघट्ट बजारनिवासी भएको खुलेको छ । 

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा पक्राउ गरिएको हो ।

उनका अनुसार युकेको नागरिक भएको र उपहार पठाएको भन्दै विश्वासमा दिलाएर पाँच लाख १० हजार रुपैयाँ परिवर्तित नाम ‘राममाया’ बाट ठगी गरेको आरोपमा क्षेत्री पक्राउ परेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.