चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् ।
पछिल्लो मत परिणाम अनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छन् ।
उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन् । उनको प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन् ।
अहिले भरतपुर महानगरपालिकाको ७ नम्बर वडाको मत गणना भइरहेको छ । एमालेको पक्षमा ४०० मत आउँदा एकीकृत समाजवादीको पक्षमा ४९३ मत परेको छ ।