महासभामामा खानको असन्तुष्टि :हामीलाई अफगानिस्तानसँग जोड्दा ठूलो मूल्य चुकायौँ

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्रसंघको महासभामा कास्मिर र अफगानिस्तानको मुद्दा उठाएका छन् । शनिबार संयुक्तराष्ट्रस‌ंघको महासभालाई सम्बोधन गर्ने क्रममा खानले सो कुरा उठाउका हुन् । ‘कश्मीरमा एकतर्फी कदम उठाएर भारतले जबरजस्ती कब्जा गरेको गर्‍यो,’ खानले भने ।

खानले महासभामा मनी लन्ड्रिङले विकासशील र गरीब देशलाई ठूलो नोक्सानी पुर्‍याएको बताउँदै धनी देशले इकोनोमिक इमिग्रेन्टलाई शरण दिन नहुने बताए । ‘यो विकासशील र गरीब राष्ट्रका लागि ठूलो अन्याय हो । यसलाई रोक्न सख्त कदम उठाउनुपर्छ,’खानले भने ।

भारतसँग सम्बन्ध चिसिरहेका बेला उनले पाकिस्तान भारतसँग वार्ता गर्न तयार भएको बताए । ‘हामी भारतसँग शान्ति चाहन्छौँ । तर भाजपा त्यहाँ दमन गरिरहेको छ । अब बल भारतको कोर्टमा रहेको छ । भारतले कश्मीरमा उठाएको कदम फिर्ता लिनुपर्छ । कश्मीरमा बर्बरता र जनसङ्ख्यामा परिवर्तन बन्द गर्नुपर्छ । भारतले सैन्य ताकत बढाइरहेको छ । यसले यस क्षेत्रको सैन्य सन्तुलन बिग्रिरहेको छ,’ खानले भने । 

उनले अफगानिस्तानमा बिग्रँदो अवस्थाका कारण पाकिस्तानलाई जिम्मेवार ठहराउने प्रयास गर्दा आफूहरुले ठूलो मूल्य चुकाएको बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.