बलात्कारविरुद्ध प्रधानमन्त्री निवास अगाडि प्रदर्शन (फोटोफिचर)

काठमाडौं ।  बलात्कार तथा यौन हिंसाविरुद्ध बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट किशोरी बलात्कारमा परेको घटना सार्वजनिक भएपछि शुक्रबार बिहान युवाहरुले  प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । 

सामाजिक सञ्जालमार्फत पीडित युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि दोषीलाई कारबाहीको माग गर्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले ‘दोषीलाई कारबाही गर, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्ने फास्ट ट्रयाक अदालतको स्थापना गर, बलात्कार मुद्दामा उजुरी गर्नेलाई हदम्याद हटाऊ’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

बलात्कार तथा यौन हिंसामा परेको मितिले एक वर्षभित्र उजुरी दिनुपर्ने हदम्याद हटाउनुपर्ने र पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानुन बनाउनुपर्ने प्रदर्शनकारीको माग छ ।

280666814_403312171807743_2269734609327663522_n.jpg.jpg

280970747_1127516431315122_1992612071625906536_n.jpg.jpg

280293836_540094660955348_1668100139590298400_n.jpg.jpg

280387686_1137749387005815_5855920891366453982_n.jpg.jpg

280452961_535377088250268_1619552726229250472_n.jpg.jpg

280752146_1065796530983590_6324379268150311646_n.jpg.jpg

280329412_762090744958946_7106700641207378163_n.jpg.jpg

280303905_1819084784951566_6155001403716992479_n.jpg.jpg  

© 2021 Quicknepal.com  |  All Rights Reserved.