काठमाडौं । नर्भिक अस्पतालका संंस्थापक तथा अध्यक्ष वसन्त चौधरीले दुवईस्थित एक अमे्रिकन अस्पतालमा उपचार गराइरहेका छन् ।गत साता असहज महसुस भएपछि नर्भिकमै एन्जियोग्राफी गरेका चौधरीले दुबईमा परीक्षण गराउँदा मुटुको धमनीमा समस्या देखिएपछि उनको उपचार शुरु भएको हो ।
विज्ञप्तिमा उल्लेख छ‚ ‘गत हप्ता केही असहजता महसुस भएकाले नर्भिकमा एन्जियोग्राफी गराएको थिएँ, त्यसपश्यात दुबईस्थित अमेरिकन हस्पिटलमा थप परीक्षण गराउँदा पनि मुटुको धमनीको उपचार गर्न विशेषज्ञहरूले राय दिएको व्यहोरा सम्पूर्ण सुभचिन्तकहरूमा जानकारी गराउँदछु।’