स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट ९५ लाख नेपाली रुपैयाँ बरामद भएको छ । प्रहरीले चितवनबाट काठमाडौं आउँदै गरेका दुई जनाको साथबाट सो रकम बरामद गरेको हो । प्रहरीका अनुसार बरामद रकमको स्रोत खुलेको छैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट सो रकमसहित नगद लिएर आउने दुई जनालाई पक्राउ गरेको बताए । पक्राउ परेका दुवै भारतीय भएको बताइएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.