हवावेकी प्रमुख अधिकारी मेङ वान्झो रिहा


एजेन्सी। चिनियाँ कम्पनी हवावेकी प्रमुख वित्त अधिकारी मेङ वान्झो रिहा भएकी छन् । अमेरिकाले लगाएको छलीको आरोपमा उनलाई सन् २०१८ को डिसेम्बरमा क्यानडामा पक्राउ गरिएको थियो । अमेरिकासँग सम्झौता गरेर मेङ क्यानडाको डिटेन्सनबाट रिहा भएकी हुन् ।

उनी एअर चाइनाको उडानमार्फत चीनको शेन्झेङ सहर प्रस्थान गरेको समाचार संस्था एएफपीले जनाएको छ । मेङलाई पक्राउ गरेपछि चीनले बदलास्वरुप क्यानडियन नागरिकलाई बन्धक बनाएको थियो । मेङ छुटेसँगै चीनले पनि बन्धक बनाएका दुई नागरिकलाई रिहा गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चिनियाँ डिटेन्सनबाट स्वतन्त्र भएका माइकल स्पेरभ र माइकल कोवरिग स्वदेश फर्किने क्रम्मा रहेको बताएका छन् ।मेङ पक्राउ परेपछि चीनको अमेरिका र क्यानडासँगको कूटनीतिक सम्बन्धमा उतारचढाप भएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.