काठमाडौं । नेपाल भाषाका साहित्यकार महाकवि सिद्धिदास महाजुको एक सय ५४ औं जन्मजयन्ती दिप प्रज्वलन गरि मनाइएको छ ।
‘भाषा रहे जाति रहन्छ’ भन्ने नारालाई आत्मासाथ गर्दै तत्कालिन राणा शासकको दमनमा परेको नेपाल भाषा साहित्यलाई पूनर्जागरण गराउन महाकवि महाजुले अतुलनिय योगदान पुर्याएका थिए । उनको योगदानलाई सम्मान गर्दै काठमाडौंको रत्नपार्कमा रहेको उनको सालिकमा माल्यार्पण सहित दिप प्रज्वलन गरि जन्मजयन्ती मनाइएको हो ।
दिप प्रज्वलनमा नेवाः विध्यार्थी युनियनका सदस्य रितेश मल्ल, सुमित दास रञ्जित, इन्द्रमान महर्जन, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकार, नेपालभाषा शिक्षक मदनसेन बज्राचार्य रमिता बज्राचार्य, नेपाल भाषा अध्ययनरत विध्यार्थी, मातृभाषाणरागी तथा भाषिक अभियान्ताको समेत उपस्थिति रहेको थियो ।
नेपालभाषा साहित्यमा सिद्धि रामायण लगायत दर्जनौं काव्य लेखेका महाजुको जन्म भने नेपाल संवत् ९८७ यंलागा द्धितीय वि.स.१९२४ मा काठमाडौंको जबहाल, केलटोलमा भएको थियो ।
नेपाली भाषामा समेत साहित्य लेखेका महाकवि महाजुले सज्जन हृदयाभरण, सत्यसती संवाद, सिद्धिदास थःगु मिखाय् व शिवविलास बाखं आदि दर्जनौं कृति पुस्तक रचना गरेका छन् ।
उनको सम्मान उनलाई महाकविको दर्जा दिनुका साथै साथै हवाइ टिकटमा उनको फोटो समेत राखिएको छ ।
कोरोना महामारीका कारण यस वर्ष विगतका वर्षमा झैं मैन बत्ती बालेर र्याली गर्न भने नसकिएको नेवा बस्ती नेवा स्कुल अभियानका संयोजक दिपक तुलाधार बताउँछन् ।