मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखन कसुरमा मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

मानव बेचविखन तथा ओसार पसारको कसुरमा पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अदालतले सोमबार अनुमति दिएको हो।

सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सन्चालकसमेत रहेका पाण्डेले ८ वर्षअघि बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सन्जालमार्फत घटना विवरण सार्वजनिक गरेकी थिइन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.