सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

सर्लाही ।  सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । 

मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ । 

काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो । 

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.