काठमाडौँ । नाडाको ४५ औं वार्षिक साधारणसभा एवंम निर्वाचन आगामी मंसिरमा हुने भएको छ । मंसिर २२ र २३ गते काठमाडौँमा निर्वाचन गर्ने गरी मिति तय गरिएको नाडाका अध्यक्ष कुष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ।नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएसन समेत गठन गरिसकेको अध्यक्ष दुलाले जानकारी दिएका हुन् ।