बालेन साहको धन्यवाद र्‍याली, घरघरबाट हात हल्लाएर दिए बधाई (फोटोफिचर)

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्‍याली निकालेका छन् । मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौंवासीले घरघरका छत र झ्यालबाट हात हल्लाएर बालेनलाई बधाई दिएका थिए । 

सडकमै यात्रारत व्यक्तिले आफू सवार सवारी साधनबाटै हात हल्लाएर बधाई दिएका थिए । जवाफ बालेनले पनि हात हल्लाएका थिए । 

सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली, त्रिपुरेश्वर, माइतीघर–बबरमहल, बिजुली बजार, यूएन पार्क, शान्तिनगर, तिनकुने, कोटेश्वर, जडीबुटी, सिनामंगल, एयर्पोर्ट, तिलगंगा, गौशाला,  चावहिल, महाराजगंज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु,  सितापाइला, कलंकी, बल्खु, कुलेश्वर, कालीकाम, टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा आएर सभामा परिणत हुनेछ ।

उनको ¥यालीमा उनका समर्थकहरुको स्वतःस्फूर्त रुपमा सहभागी देखिन्छ ।

280667314_1040425959895710_8797201844673726078_n.jpg.jpg

281872370_432450955549796_7221217448551867787_n.jpg.jpg

283532367_265434992436341_3761783110557330867_n.jpg.jpg

282216897_529850832257960_588839158304667999_n.jpg.jpg

282316219_753077855685975_3707885026144796950_n.jpg.jpg  

280756625_1454992001583845_1794709157632736209_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.