थप ६ जनाको मृत्यु ,९५३ जनामा कोरोना संक्रमण


काठमाडौँ नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ९५३ जनामा कोरोना संक्रमण र ६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

शनिबार १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.