काठमाडौं । आज सेयर बजार ३५.५३ अंकले घटेको छ । १.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३७.९२ अंकमा आएको हो ।
सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । मंगलबार म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आज १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएकाे छ । जसमा २ सय २९ वटा कम्पनीको ३७ लाख ६९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।
मंगलबार सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ५ करोड ३७ लाख ९८ हजार ८ सय बराबरको कारोबार भयो । भने, उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.२३ प्रतिशतले बढेको छ ।