माटो जोगाऔँ सम्वाद 'माटो र म' कार्यक्रम हुने

काठमाडौं ।  विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद 'माटो र म' कार्यक्रम हुने  भएको छ । 

विश्व वातावरण दिवस  ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सो कार्यक्रममा अतिथि वक्ताको रुपमा राजेस हमाल, भवानी राणा, डा. गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्तोतामा अनिल शाह रहनेछन् । 

वक्ताहरुले विशेष गरेर माटोको महत्व, अहिलेको माटोको अवस्था, माटो जोगाउन गर्न सकिने प्रयास र अभ्यासका बारेमा संवाद गर्नेछन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.