दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

दाङ ।  दाङको घोराही उपमहानगरपालिका–४ सोनपुर चोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको  छ । 

मृत्यु हुनेमा सोही उपमहानगरपालिका–२ का २७ वर्षीय गोबिन्द रेग्मी रहेका छन् । 

दुर्घटनामा गम्भिर घाइते भएका रेग्मीको उपचारको क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । 

रेग्मीले चलाएको रा ४ प ७२११ नम्बरको मोटरसाइकल आज बिहान सवा ४ बजे नियन्त्रण गुमाएर पल्टिएको प्रहरीले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.