कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

काठमाडौं । काठमाडौं कपनस्थित ढलमा खसेर हराइरहेका १० वर्षीय उज्वल विकको शव ६ दिनपछि भेटिएको छ ।

ललितपुर प्रहरी परिसरका अनुसार गत मंगलबारदेखि ढलमा बेपत्ता उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती नदीको किनारमा भेटिएको हो ।

कपनको सडकमा खुला राखिएको ढलमा खसेर बेपत्ता बालकको शव स्थानीयले शनिबार साँझ देखेर खबर गरेको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.