काठमाडौं । नेपाल सरकारले इजरायल रोजगारीका लागि भाषा परिक्षा पास गरेका १६ सय जनाको नाम सिफारिस गरेको छ ।
इजरायल रोजगारीका लागि ७ हजारले परिक्षा दिएका थिए । इजरायलले भने एकहजार जनालाई मात्र रोजगारीका लागि कोटा प्रदान गरीएको छ । तर नेपाल सरकारले भने भाषा परिक्षामा पास भएका १६ सय जनाकै नाम सिफारिस गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार सिफारिस गरिएका मध्ये केयरगिभरका लागि ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका छन् । सिफरिस भएकालाई इजरायलको पपुलेसन एन्ड एमिग्रेसन अथोरिटी (पीआइबीए) ले छनोट गरि रोजगारदाता र उक्त व्यक्तिबिच रोजगार सम्झौता गर्ने काम गर्दछ ।