वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले बताए ।

तामाङका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । मानसिक अवस्था ठिक नभएका र लामो समयदेखि सोही क्षेत्रमा हिँडडूल गर्दै आएका व्यक्तिको शव रहेको स्थानियवासि बताउँछन् ।
शुक्रबार यस घटनाबारे केही थाहा नभएको र शनिवार कार्यालय बन्द भएकोले आज विहान मात्रै उक्त शव देखेको वडा अध्यक्ष तामाङ बताउँछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.