जाजरकोट । ठुलिभेरी नगरपालिका- ९ डोल्पाका १ सय ७० घरधुरीलाई निस्शुल्क सोलार वितरण गरिएको छ ।
कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई सोलार वितरण गरिएको हो । शनिबार मोतिपुर, डाँगीबाडालगायत बस्तीका नागरिकलाई सोलार वितरण गरिएको हो ।
नगरपालिकाको बीस लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरीषद्को कार्यालयको पचास लाख गरेर कूल सत्तरी लाख अनुदान सहयोगमा सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिए ।
जनताको माग अनुसार प्रत्येक घरधुरीलाई दुई सय वाटको प्यानल र एक सय पचास एम्पियरको ब्याट्री निस्शुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।
दुनैस्थित जैरीगार्ड जलविद्युतमा हुने लोडसेडिङ्ले जनता हैरान भएका थिए । उक्त समस्यालाई मध्येनजर गर्दै सोलार खरिद गरिएको हो । अब नागरिक अन्धकारबाट मुक्त हुने भण्डारी बताउाछन् ।
प्रत्येक घरधुरीलाई खरिद र ढुवानीसहित उनान्चालीस हजार पाँच सय मूल्य बराबरको सोलार वितरण गरिएको भण्डारीले बताए । सोलार पाउँदा खुसी लागेको स्थानीय सुनकुमारी कठायतले बताइन् ।