काठमाडौं । कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यको नामवली टुंग्याएको छ । १४ औँ महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिले डोल्पा, सर्खेत, बाँके महोत्तरी र सिराहाका क्रियाशील सदस्यको अन्तिम नामावली टुंग्याइको हो । हालसम्म ६९ जिल्लाको सदस्यता सार्वजनिक भएकोमा अव ८ जिल्लाको सदस्यता प्रकाशित हुन बाँकी रहेको छ ।
निर्वाचन अधिकृत खटाइसकेकाले डोल्पा जिल्लाको वडा तहको निर्वाच तत्कालै हुने गरिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले बताएका छन् ।घिमिरेले बाँकी आठ जिल्लाको टुंगो लागेपछि १२ वटै जिल्लामा एकसाथ कार्यतालिका सार्वजनिक गर्दै अधिवेशनको प्रकृया अघि बढाइने बताए।
कांग्रेसले यसअघि ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। उक्त जिल्लामा शनिबारदेखि पालिका तहको अधिवेशनको प्रकृयासमेत अघि बढेको छ। डोल्पासहित हिमाली जिल्लामा दशै अघिनै अधिवेशन सम्पन्न गर्ने गरी तयारी थालेको निर्वाचन समितिले जनाएको छ । त्यस बाहेकका अन्य ठाउँमा दसैंअगाडि पालिका तहसम्मको मात्रै अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको निर्वाचन समितिको भनाई छ ।
अब सदस्यताको टुंगो लगाउन बाँकी आठ जिल्लाको विषयमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलसँगै छानबिन समितिका सदस्यहरू छलफलमा छन् । प्रदेश २ का ६ जिल्लासहित रसुवा र कैलालीको सदस्यता टुंग्याउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।