कांग्रेस महाधिवेशन: तनहुँको आठ स्थानीय तहको अधिवेशन सम्पन्न, दुई स्थानमा स्थगित

तनहुँ । ननहुँ जिल्ला नेपाली कांग्रेसको आठ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । दुई स्थानमा भने अधिवेशन स्थगित भएको हो । जिल्लाको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकामा अधिवेशन स्थगित गरिएको निर्वाचन समितिले जानकारी दिएको छ   ।

निर्वाचन समितिका अनुसार भिमादमा सहमतिको प्रयास गर्नका लागि भन्दै स्थगन गरिएको बताएको छ। त्यस्तै ऋषिङमा भने मतदान सुरु भईसकेपछि अधिवेशन स्थगित गरिएको बताइएको छ ।

ऋषिङको ढुंगागाडे सामुदायिक भवनमा अधिवेशन भएको थियो । सर्वसम्मत नभएपछि मतदान प्रक्रियामा गएको र १२ मत खसेपछि निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए । सोमबार विहान  १० बजेसम्मलाई निर्वाचन स्थगित गरिएको उनको भनाई छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.