सप्तरी । सहयोगी समाजको आयोजनामा सप्तरीमा अन्तक्रिर्या सम्पन्न भएको छ। सप्तरीको राजविराज स्थित होटेल प्रकाशमा आज विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका सरोकारवालाहरुको सहभागीतामा अन्तक्रिर्या सम्पन्न भएको हो ।
तेस्रो लिङ्गीको हकअधिकार सम्बन्धि एजेन्डामा भएको छलफलमा अधिकारकर्मीले आ-आफ्नो धारणाहरु राखेका थिए ।
छलफलमा बोल्दै वरिष्ठ पत्रकार वैजनाथ झाले तेस्रो लिङ्गीलाई मुलधारमा ल्याउन सीप बिकासको आवश्यकता रहेको बताएका थिए । उनले स्थानीय र प्रदेश सरकारले समेत यी समुदायको लागि कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
अधिवक्ता केशव कुमार दासले कानुनी उपचारमा हामीले गर्नुपर्ने सहयोग तत्परताका साथ गरिने आश्वासन दिए। उनले स्थानीय तहमा लक्षित वर्गका लागि बनाउने कानुनमा समलिङ्गीहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक बजेट छुट्टाउन आफुहरु पनि पहल गर्ने बताउँदै यस समुदायलाई कानुनी उपचारमा आफुले गर्नुपर्ने सहयोग सदैव गरिरहने समेत बताए ।
इन्सेक प्रतिनिधि मनोहर पोखरेलले समलिङ्गीहरुले आफ्नो हकअधिकारका प्राप्त गर्न संघर्ष गर्नुपर्ने बताएका थिए । उनले समाजमा अपहेलित हुनुपर्ने समलिङ्गीलाई सम्मानपुर्वक बाच्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा जोडदिएका थिए ।
उक्त कार्यक्रम सो संस्थाका तर्फबाट रामप्रकाश चौधरीले प्रस्तुत स्पर्धाभएको थियो। त्यसैगरी कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली,राजविराज नगरपालिका वडा नम्बर ८ को अध्यक्ष जय नारायण मंडल,अधिकारकर्मी रघुवर साह,वरिष्ठ पत्रकार बैधनाथ झा,अधिवक्ता भरत यादव,केशव कुमार दास,अनिता चौधरी,सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास,बलदेव मंडल,जिल्ला प्रहरी कार्यालय राजविराजका वरिष्ठ नायब प्रहरी निरीक्षक सुनिल कुमार यादव,अनिता देवकोटा,पत्रकार पुनम पोखरेल,पिन्टु यादव लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।