काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पताल प्राईभेट कम्पनीलाई बेचेको प्रति निकै आलोचना भएको थियो । आलोचना कै बीचमा शिक्षण अस्पताल बेचेपछि पोखराबासीले विरोध जनाए । तर त्यसबारे कुनै सुनुवाई भएको थिएन ।
त्यसको गत महिना पछि प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पोखराको मणिपाल शिक्षण अस्पताल किनबेचको सम्झौता झिकाउन निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले मणिपालको शेयर किनबेचको सम्झौता उपलब्ध गराउन र बेचबिखन भएको हो वा होइन जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
सरकारसँगको निश्चित समय सम्झौतामा भारतीय लगानीकर्ताको स्वामित्वमा संचालनमा थियो । त्यसको सम्झौता सकेलगतै सरकारको नाममा हुनुपर्ने मणिपाल निजी व्यक्तिहरुलाई बिक्रि गरेको थियो । सो विषयमा अहिले शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भइरहेको छ ।