काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक आज तेश्रो दिन पनि बसिरहेको छ । विधान महाधिवेशनको लागि तीन वटा राजनीति, संगठानिक र विधान संशोधन मस्यौदा माथी एमालेले १० वटा टोली नेता सहितको समूह बनाएर छलफल गरेको थियो ।
छलफलबाट आएका निश्कर्ष र गुनासाहरुलाई आज अध्यक्ष केपी ओली र महासचिव ईश्वर पाखरेलले उत्तर दिइरहेका छन् । यस्तै बैठकमा उपाध्यक्षको विषयमा पनि प्रश्न उठेको छ । केन्द्रिय कमिटीमा कति जना उपाध्यक्ष रहने भन्ने विषयको टुंगो लगाउन बैठकले अध्यक्ष ओलीलाई अधिकार दिएको छ ।
एमालेले आगामी महाधिवेशनदेखि ३ जना उपाध्यक्ष राख्ने मस्यौंदा पेश गरेपनि त्यसमाथी छलफल हुँदा कतिले पाँच जनादेखि ७ जनासम्म उपाध्यक्ष रहनुपर्ने बताएका थिए । अन्तत बैठकले कतिजना उपाध्यक्ष आवश्यक हो साको निर्धारण गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो ।
यस्तै एमालेमा ७० बर्ष उमेर हद कायमै रहेको छ । ७० बर्ष उमेर हद कायम गर्दा एमालेका दोश्रो तहका १० बढि नेताको राजनीतिमा असर पुग्ने संभावना छ ।