चीनमा एमबीबीएस पढेका विधार्थीलाई इन्टर्नसिपको व्यवस्था मिलाउन संसदीय समितिको आग्रह

काठमाडौं । संसदीय समितिले चीनका विभिन्न विश्वविधालयमा एमबीबीएम अध्ययन गरेका तर कोरोना महामारीका कारण नेपालमा इन्टर्नसिप गर्न नपाएका विधार्थीहरुलाई पुन इन्टर्नसिप गर्ने व्यवस्ता मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

सन् २०१५ र २०१६ औं ब्याजका विद्यार्थीहरुको इन्टर्नसिपका लागि नेपाल सरकारले चीनसँग आवश्यक कूटनीतिक पहलअघि बढाउनुपर्ने सांसदहरुले सरकारसमक्ष माग गरेका छन् ।

तत्काल चीन पठाउन नसक्ने अबस्थामा मेडिकल र इन्जिनियरिङ्ग विषयको प्रयोगात्मक परीक्षा गर्न समस्या भएका विद्यार्थीहरुका लागि नेपाल सरकारले समाधान खोज्नुपर्नेमा स्वास्थ्य समितिले सरकारलाई ध्यानकर्षण गराएको छ ।

नेपाल मेडिकल काउन्सिलले चीनमा एमबीबीएसको अध्ययन पुरा गरेका सन् २०१४ ब्याजका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिप गर्न दिने अनुमति दिए पनि सन् २०१५ र २०१६ औं ब्याजका विद्यार्थीहरुलाई हालसम्म सरकारले अनुमति दिएको छैन ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.