काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार


विराटनगर । उच्च अदालत विराटनगरको गेट नजिकै काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको छ । व्यवसायी लामामाथि आइतबार खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार गर्ने व्यक्ति विराटनगर – ६ रामपुरका २५ वर्षी विमल कार्की रहेको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका अनुसार आइतबार दिउँसो उच्च अदालतको गेट नजिकै ल्यवसायी लामालाई खुकुरी प्रहार गरी घाइते बनाएको बताइएको छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएका लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने कार्कीलाई प्रहरीले पक्राउ गरी थप अनुशन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.