म बाँच्छु भन्ने विश्वास जगाउँदै सरकारी अस्पतालमा उपचार गराउने व्यवस्था हुन्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले मेडिकल कलेजहरु खोल्ने बताएका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव सभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन्।

्उनले आगामी वर्षमा दुई चार वटा मेडिकल कलेजहरु खोल्ने भन्दै प्राइभेटलाई मात्रै दिन छाडेर सरकारी संस्थाहरुमा पनि नर्सिङका कोर्सहरु अध्ययन,अध्यापन शुरु गरिने बताए ।

उनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत शैक्षिक कार्यक्रम चलाउन सुझाव दिएका छन् । उनले सरकारी अस्पताल तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले ११ वटा कमिटी बनाएर अध्ययन गरिरहेको जानकारी समेत दिए । उनले भने म बाँच्छु भन्ने विश्वास जगाउँदै सरकारी अस्पतालमा उपचार गर्न आउने वातावरण बनाउन सरकार तयार छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.