बागमती प्रमुख शर्माको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा मुटुको समस्या भई उपचाररत छन् । प्रमुख शर्माको अहिले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको हो ।

विगत सात वर्षदेखि मुटुसम्बन्धी समस्या भई उपचाररत प्रमुख शर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत ४ असोजबाट गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको थियो । उपचारका क्रममा प्रदेश प्रमुखको स्वास्थ्य अवस्था थप जटिल बन्न पुगेपछि थप उपचारका लागि शनिबार उपेन्द्र मेमोरियल न्यूरो अस्पतालमा रिफर गरिएको थियो ।

शर्माको उपचारमा संलग्न चिकित्सकको सल्लाहमा उनको आइतबार बिहानबाट मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको उनका स्वकीय उपसचिव पारशमणि फुयालले जानकारी दिए ।

‘हिजो (शनिबार) दिनभरजसो प्रमुखको मुटुको चाल नै बन्द भई स्वास्थ्य अवस्था जटिल जस्तै बनेको थियो । आजबाट सुधार भएको छ’, स्वकीय उपसचिव फुयालले भने ।
फुयालका अनुसार प्रमुख शर्मामा उपचारमा डा. सूर्य देवकोटाको टिम खटिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.