प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं ।  सुनको मूल्य शुक्रबार प्रतितोलामा ३००  रुपैयाँले घटेकोे छ ।

बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.