ट्रकको ठक्करबाट दुई युवकको मृत्यु

सिरहा । सिरहास्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत गोलबजार नगरपालिका– ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गईरहेको ना ६ ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी कञ्जनरुप नगरपालिका–७ का ३० वर्षीय अभिषेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेल गम्भीर घाइते भएका थिए ।

घाइते कटुवालको उपचारको क्रममा लहानमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ

© 2021 Quicknepal.com  |  All Rights Reserved.