टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग सार्वजनिक (भिडियो)

काठमाडौं ।  टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग सार्वजनिक गरिएको छ ।

बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यता हो भन्ने मूल मर्म बोकेको टेलिश्रृृंखलामा बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

राजु गिरीको निर्देशनमा तयार भएको  टेलिश्रृंखला ५२ भागसम्म प्रसारण्मा आउने निर्माता सुभाष पुरीले जानकारी दिए । निर्देशक गिरीकै लेखन रहेको श्रृंखलामा विष्णु निराकरणको छायांकन छ । 

टेलिश्रृंखला हरेक शनिबार मेघा टेलिभिजनबाट र परदेशी हजुर नामक युट्युबबाट साढे ६ बजे प्रसारणमा हुनेछ । सार्वजनिक टेलिश्रृंखलाको गीत समीक्षा अधिकारीले गाएकी हुन् भने गीतमा शब्द सृजना राजु बस्नेतको छन् ।

सुमन केसीको एरेन्ज रहेको गीतको संगीत संयोजन चन्द्र चौधरीको रहेको छ भने गीतमा संगीत नवीन कार्कीको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.