चीनसँगको ‘सीमा समस्या’बारे अध्ययन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन पेश गरेको छ । आइतबार समितिले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष समितिका संयोजक सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन् । 

स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बुझाइएको बताइएको छ । अध्ययनमा औल्याएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्ने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्ययन समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) उमेशराज जोशी, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सह–अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ रहेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.