पर्यटन क्षेत्रलाई सरकारले प्राथामिकतामा राखेको छः प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धनमा ध्यान दिंदै नेपाललाई पर्यटन गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्न सवै सरोकारवालहरुको साझा लक्ष्य भएको बताएका छन् । प्रधानमन्त्री देउवाले सोमबार ४२ औं अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरकामा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । देउवाले पर्यटन क्षेत्र अहिले कोभिड १९ का कारण संकटग्रस्त अस्थामा रहेको बताएका छन् ।

आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी ढंगबाट अघि बढाइएको उल्लेख गरेका छन् ।

त्यस्तै सरकारले पर्यटन क्षेत्र देशको एक आर्थिक श्रोत भएकाले मुख्य प्राथामिकतामा राखेको समेत उल्लेख गरेका छन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.