कांग्रेस महाधिवेशन : ताप्लेजुङ जिल्लाका सबै पालिकामा नेतृत्व चयन

ताप्लेजुङ । नेपाली कांग्रेसले स्थानीय तहको महाधिवशेनमा ताप्लेजुङ जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ ।नौ स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा एक नगरपालिकासहित अन्य पालिकामा नेतृत्व चयन गरेको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित भएका छन् । यसैगरी सिरिजङ्घा गाउँपालिकामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्चथलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएको नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

यस्तै, पाथीभरा गाउँपालिकामा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा निर्वाचित भएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.