आजबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं । आजबाट दशैंका लागि लामो दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । लामो दूरीका यातायातको बुकिङ खुल्ला भएसंगै दशैंमा घर जानेहरु बिहानैदेखि नयाँ बसपार्कलगायता स्थानमा टिक बुकिङका लागि पुगेका हुन् ।

दशैंमा घर जाने यात्रुका लागि सहज होस् भन्ने उद्देश्यकासाथ यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङका लागि उपत्यकाका विभिन्न १४ स्थानमा हेल्प डेस्क स्थापना गरेको छ । १४ स्थानबाट टिकट लिन र यात्रु छुट्ने व्यवस्था गरिएको विभागले जनाएको हो । 

सो स्थानमा नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नाडा, नाडा सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क रहेका छन् । यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने विभागको भनाई छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.