शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर)

काठमाडौं ।  कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको हो । 

सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा।रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् । 

पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् । 

कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ । तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

जारी भेलामा संस्थापन र संस्थापनइतर समूहमा ६०÷४० को भागबन्डा गर्नुपर्ने विषय उठाउने एक नेताले जानकारी दिए ।

290016265_728292711727465_5180620518497433016_n.jpg.jpg

290327247_1312407629167412_4945344816916559909_n.jpg.jpg

290116481_363139815925295_2510647962762367757_n.jpg-1.jpg

289898338_721075072506967_1647435925738044397_n.jpg.jpg

290007699_579726340434445_1106933265629290487_n.jpg.jpg

290309559_561597472116009_4384431767590829177_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.