जल तथा ऊर्जा आयोगले देशभर पानीको अभिलेख राख्ने

काठमाडौं । देशभरको पानीको अभिलेख राखिने भएको छ ।  जल तथा ऊर्जा आयोगले देशभर कुन क्षेत्रमा कति र कस्तो पानी उपयोग भइरहेको छ भनेर एकीकृत रूपमा अभिलेख राख्ने भएको हो । 

खानेपानी, सिँचाइ, मत्स्यपालन, जलविद्युतलगायत क्षेत्रमा उपयोग हुने पानीको अभिलेख राख्दै प्राथमिकताका आधारमा आयोगले अनुमति दिने जनाइएको छ । 

ऊर्जा आयोगको सचिवालयले जलस्रोत व्यवस्थापन तथा सेवासम्बन्धी कार्यशाला आयोजना गरी अभिलेख राख्ने विषयमा छलफल गरेको हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.