काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाणसँग शिष्टाचार भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बिहान गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको बताइएको छ ।
भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । जवाफमा राजदूत श्रीवास्तवले आफूले पहलकदमी लिने बताएका थिए ।
भेटका क्रममा गृहमन्त्री खाँणले श्रीवास्तवलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।