रामेछापमा बस दुर्घटनाः ९ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । 

बसमा करिब ३० जना यात्रुलाई सवार थिए । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.