नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्बाट फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको स्रोतले जनाएको हो ।

‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ', स्रोतले भन्यो 'संशोधित विधेयक बुधबार पेश हुन्छ ।' 

नागरिकता विधेयक पारित नहुँदा जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकको सन्तानले नागरिकता पाउन सकेका छैनन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.