न्यूयोर्क। परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रसंघीय महासभामा संवोधन गर्दैछन् । डा. खड्काले नेपाली समयअनुसार आज मध्यरातमा राष्ट्रयसंघीय महासभामा सम्बोधन गर्ने कार्यतालिका छ ।
परराष्ट्र मन्त्रालयका अनुसार डा.खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संम्बोधन गर्नेछन्। डा.खड्काले महासभामा जलवायु परिवर्तन, कोभिड १९ , महामारी रोकथाम , खोपको समान वितरण, दिगो विकास लगायतका विषयमा संम्बोधन गर्नेछन् ।
डा. खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढङ्गले कन्सुलर सेवा प्रवाह गर्न रआर्थिक,कूटनीतिलाई विशेष रुपमा अघि बढाउन निर्देशन दिएको बताइएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने कार्यक्र छ ।