आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने मेयर बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिवंगत र्‍याप गायक यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् ।

महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए ।

महानगरको उक्त कदमको विरोध हुन थालेपछि मेयर शाहले शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.