काठमाडौं । सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।
झण्डै दुई हप्तादेखि बजेट खर्च गर्न नपाइ बजेट होलिडेको अवस्था रहेकोमा सोमबार राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट बजेट पारित भएसँगै राष्ट्रपतिबाट प्रमाणीकरण गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुला भएको हो ।
राष्ट्रपतिले विनियोजन विधेयक २०७८ प्रमाणिकरण गरेको व्यहोरा राष्ट्रपति कार्यालयले प्रतिनिधिसभामा पठाएको थियो । उत्त, पत्र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आजको बैठकमा पढेर सुनाएका थिए । एमालेले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेपछि सत्तापक्षले पेलेरै नाराबाजीका बीच विधेयक पारित गरेका थिए ।
भदौ २५ गते सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरेको थियो । त्यसयता आजसम्म सरकारले प्रमुख प्रतिपक्षी एमालेको विरोधका बाबजुद सो विधेयक दुवै सदनबाट पास हुँदै आएका छन् ।