काठमाडौं । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १–१ गोल गरे ।
डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औँ मिनेटमा दोस्रो गोल गरे । डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए । फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे ।
जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेभान्ते चार अंकका साथ १७औँ स्थानमा छ ।
स्पेनिस ला लिगामा आइतबारै भएको अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३(२ को जित दर्ता गरायो ।
रियल बेटिसले गेटाफेलाई २–० गोल अन्तरले पराजित गरेको छ । रायो भालेकानोले काडिजलाई ३–१ तथा रियल सोसाइडले इल्चेलाई समेत १–० गोल अन्तरले पराजित गरेको छ । ओसासुनाले मारोक्कालाई ३–२ गोल अन्तरले हरायो ।