काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि– ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत तेस्रो दिनको दोस्रो खेलसमेत बर्षाले प्रभावित भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने तय भएको भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेलमा बर्षा (पानी) भएपछि टससमेत हुन सकेको छैन । निर्धारित समय अनुसार खेलको टस १ः३० बजे हुनुपर्ने हो ।
तर, आज पनि वर्षा भएपछि खेल हुने सम्भावना न्यून रहेको छ । अहिले पिचलाई ढाकिएको छ ।
यसअघि आजको पहिलो खेलअन्तर्गत काठमाडौं किङ्स इलेभन र विराटनगर वारियर्सबीचको खेलसमेत हुन सकेन । हिजो (आइतबार) दोस्रो खेलको १० ओभर जारी रहँदा ठूलो वर्षा भई खेल सुचारु हुन सकेको थिएन ।
हिजोको वर्षाको कारण मैदान ओसिलो भएपछि विहानी खेलसमेत टस नभइ रद्द भएको थियो ।
खेल पुनः खेलाइने वा नखेलाइने भन्ने टुंगो लागेको छैन ।